दफा ४२
बीमा अभिकर्ताको योग्यता
(१) देहायको व्यक्ति बीमा अभिकर्ताको लागि योग्य हुनेछः-

(क) नेपाली नागरिक,

(ख) मान्यताप्राप्त संस्था वा बोर्डबाट दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको,

(ग) प्राधिकरण, .बीमक वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट बीमा सम्बन्धी तालिम प्राप्त गरेको,

(घ) नियम ६३ बमोजिम बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको,

(ङ) ८ प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको, र

(च) प्रचलित कानून बमोजिम करार गर्न योग्य रहेको।

(२) /उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले ऐन तथा यस नियमावली बमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले तीन वर्षको अवधि पूरा नहुँदै बीमा अभिकर्ता हुन योग्य मानिने छैन।

(३) संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एक जना उच्च व्यवस्थापकको योग्यता उपनियम (१) मा उल्लेख भए बमोजिम हुनेछ।

(४) उपनियम (३) बमोजिमको योग्यता - कायम नभएमा संस्थागत अभिकर्ताको इजाजतपत्र स्वतः रद्ध हुनेछ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाका बखत बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरिसकेको अभिकर्ताको हकमा न्यूनतम. शैक्षिक योग्यता माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) वा सो सरह हुनेछ र त्यस्तो अभिकर्ताको इजाजतपत्र नवीकरण गर्दा वा नवीकरण गर्न छुट भई नयाँ इजाजतपत्र लिँदाको बखत समेत न्यूनतम शैक्षिक योग्यता माध्यमिक शिक्षा परीक्षा (एस.ई,ई) वा सो सरह नै हुनेछ।